पोखरामा मदन–आश्रितको सम्झना: स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई
पाेखरा | जेठ २, २०८१
पोखरा: स्व. मदनकुमार भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा मदन–आश्रित पार्क सरसफाईसँगै माल्यार्पण गरिएको छ ।
नेकपा एमाले कास्कीको आयोजनामा पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाईसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मदन र जीवराजको शालिकमा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले जननेता भण्डारीको विचारलाई अनुसरण गर्नपर्ने धारणा राखेका थिए ।

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको दास ढुङ्गामा सडक दुर्घटना हुँदा वि.सं.२०५० साल जेठ ३ गते निधन भएको थियो ।
नेकपा एमालेले भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटना परेको दिनको सम्झानामा मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।
नेकपा एमाले कास्कीका सचिव दर्शन लामाले ३१ औं मदन–आश्रित दिवसको अवसरमा बिहीबार (भोलि) विचार गोष्ठी कार्यक्रमसमेत आयोजना गरेको बताए ।

‘नेकपा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको ३१ औं स्मृति दिवसमा कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाउँदै छौं, सचिव लामाले भने, ‘स्मृति दिवस मनाउने क्रममा आज मदन–आश्रित पार्क सरसफाईसँगै माल्यार्पण गरेका हौं र भोलि पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम गरेर स्मृति दिवस मनाउँदै छौं ।’
मुख्यमन्त्री अधिकारीसँगै गण्डकी प्रदेश सभाका सदस्यहरु, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ तथा वडाध्यक्षसहित पार्टीका नेता ता कार्यकर्ताहरुको सहभागिता रहेको सो कार्यक्रममा भण्डारीका विशेषताहरुसमेत वाचन गरिएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

